घोराही : सशस्त्र द्वन्द्वमा बगेका रगत ओभाए । आला घाउँहरू पनि ओभाएर खाटा बसिसकेका छन् । तर ति आँसु हुन जो कहिले ओभाएका छैनन् । अझै पनि शरीरका भागमा गोली छन् । जिन्दगीको उतरार्धमा पुगिसेकका ति द्वन्द्व पीडितहरूको आँखामा अझै आँसु ओभाएका छैनन् । गोलीका डामजस्तै ति द्वन्द्व पीडितहरूको आँखामा आँसुको मोतीहरू अडिक छन् । जो विगत सम्झाउँदै बगिरहन्छन् । द्वन्द्वको समयमा एउटा आँखा गुमाएकी छन् घोराहीकी कुमारी नेपाली । कमजोर छ शरीर तर बलियो आँसुका आँखा हुँदै बग्छन् ।
‘सशस्त्र द्वन्द्वको समयमा सकिएको दशक बढी भईसक्यो’ नेपालीले भनिन् ‘अझै पनि आँसु बगाउने रहर त कसलाई छ र रु’ जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो विगत बताउँदै थिइन् ।आँसु थामिएनन् । उनले त्यो घटना त्यही समयमा भोग्दैछिन् । ‘तीन छोराछोरी छन्’ पत्रकार सम्मेलनमा भनिन् ‘सरकारले दिदै आएको पनि राहत कटाउने निर्णय गरेको छ भन्ने सुनेको छु, अब कसरी परिवार पाल्ने ?
हरेक कार्यक्रममा राहतको लागि अनि न्यायको लागि आफ्नो विगत बल्झाईरहनुपर्ने । उनले पत्रकार सम्मेलनमा पनि आफ्नो विगत शुरू गर्दै थिइन् । आँसुहरूले रोके अगाडी बढ्नै सकिकन् । उनले यति मात्र भनिन्– जसको लागि हामीले बलिदान दियौं । उनीहरू सत्तामा पुगे, आफ्नो र आफ्नाको लागि मात्रै हेरे ।’ सरकारले दिदै आएको राहत नकटाउन उनी अनुरोध गरिन् । त्यस्तै तुलसीपुर उपमहानगर–पालिका वडा नं १० का होमलाल चौधरीका आँखाका आँसु पनि कहिले ओभाउने हुन् रु जति उनलाई सशस्त्र द्वन्द्वको समयमा म्याग्दीमा आक्रमण गर्न जाने क्रममा हात र खुट्टामा गोली लाग्दा आँखामा आँसु बगेको थिएन होला ।
त्यो भन्दा बढी अहिले उनको आँखाबाट आँसुका मोती बग्नै नपाई छचल्कीरन्छन् । खुट्टा र हातमा गोलीका दाम छन् । जो सशस्त्र द्वन्द्वले दिएको कहिले नमेटिने गरी अडिग भएर बसेका छन्। यो समाचार प्रदेश टुडे पत्रिकामा सपना बोहराले लेखेकी छन् ।