तुलसीपुर : दाङको तुलसीपुर उपमहानरपालिकामा विहीवार सम्म ३ वटा क्वारेन्टाइनमा ९४ जना ब्यक्तिहरु बसिरहेको उपमहानरको जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । ७९ जना पुरुष र १५ जना महिला गरी ९४ जना ३ वटा क्वारेन्टाइनमा बसेको उपमहानरका फोकल पर्सन विमल केसीले बताए ।
आज सम्म ति सबै क्वारेन्टाइनहरु भरि सकेका र अब आउनेहरुलाई राख्नको लागी अर्काे क्वारेन्टाइनको ब्यवस्था गर्नु पर्ने अवस्था आएको समेत उनले बताए । त्यसैगरी उपमहानरमा अहिले सम्म ६२ जनामा कोरोना पुष्टि भएता पनि सबै निको भएर घर गएको उनले बताए । आज मात्रै ५ जना कोरोना संक्रमितहरु निको भएर घर गएको फोकल पर्सन केसीले बताए ।
त्यसैगरी बुधवार तुलसीपुरमा क्वारेन्टाइन र समुदायस्तरमा विभिन्न ब्यक्तिहरुको संकलन भएको ३०५ जनाको स्वाब परिक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको र शुक्रवार सम्म केहीको रिर्पाेट आउने भन्दै उनले स्वाब संकलन भएका ब्यक्तिहरुलाई अनिवार्य रुपमा घर मै बस्न र सम्पर्कमा रहन समेत आग्रह गरेका छन् । त्यसैगरी पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढि रहदाँ अवस्था भयावह हुन सक्ने भन्दै विदेश वा भारतबाट आएका ब्यक्तिहरु हामे क्वारेन्टाइन जान चाहानेहरु वडा कार्यालय वा स्वास्थ्य कार्यालयको सम्पर्क रहन समेत उनले आग्रह गरेका छन् ।