बाँकेमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २२ गते बिहिवार

बाँके :  बाँकेमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमितमध्ये नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत एक चिकित्सकमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। बिहीबार फेला परेका मध्ये १६ जना पुरुष र १२ जना महिला छन्। यीमध्ये २५ जना नेपालगन्ज र तीन जना खजुरा गाउँपालिकाका रहेको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार