तिर्थराज ज्ञवाली
देउखुरी दाङ : राप्ती गाउँपालिकामा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशालाको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला दाङ शाखाको सहकार्यमा राप्ती गाउँपालिकाको सात क्षेत्रगत रुपमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको हो ।
राप्ती गाउँपालिका क्षेत्रका शिक्षा, स्वास्थ्य, वन वातावरण, ब्यवसाय उद्योग, राजनैतिक पार्टी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी, संघ संस्थाहरु लगाएतका प्रतिनिधिहरुको सहभागीतामा योजना तर्जुमा गरिएको हो ।
कार्यक्रममा राप्ती गाउँपालिकाको खोज तथा उद्धार, सूचना र समन्वयको विषयगत क्षेत्र, आपतकालिन आवाश तथा गैर खाद्य विषयगत क्षेत्र, कृषि तथा खाद्य विषयगत क्षेत्र, स्वास्थ्य खानेपानी तथा सरसफाई र पोषण विषयगत क्षेत्र, शिक्षा विषयगत क्षेत्र, राहत पुनः स्थापना तथा पुननिर्माण विषयगत क्षेत्र, संरक्षण विषयगत क्षेत्रहरुको पहिचान र आगामी रणनितिका वारेमा संरक्षण पुर्ण तयारी कार्ययोजना समेत निर्माण गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशालाको नेपाल रेडक्रस सोसाइटी जिल्ला दाङ शाखाका आभाश पौडेल र भुपमणी दाहालले सहजिकरण गरेका थिए ।