दाङ : शून्य वन डढेलो महा–अभियान २०७६र०७७ सफल घोषणा एवं अग्नि नियन्त्रण सामाग्री प्रदर्शनीगृहको बुधबार डिभिजन वन कार्यालय घोराहीमा शुरु गरिएको छ । अभियानको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले गरे ।
बन संरक्षण प्रवर्दन र बिकास, बन डडेलो रोकथाम ,वन तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण र बृहतर बृक्षारोपण लगायत कार्यमा उल्लखनीय कार्य गर्नुपर्नेमा मन्त्री गिरीले जोड दिए । अग्नि नियन्त्रण सामाग्री प्रदर्शनी गृहको निर्माणको नमूना कार्यले अरुलाई समेत प्रेरणा दिने उनले भनाई राखे।
डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले झण्डै ४ महिनको लकडाउन लगायत विषम परिस्थितिमा समेत आर्थिक बर्ष २०७६र०७७ मा शून्य वन डढेलो सफल,१ लाख टिमुर रोपण,१६० हेक्टरमा वृक्षारोपण,१०७ हेक्टरको वनको थिनिङ(पत्ल्याउने) कार्यमा १ हजार ५ भन्दा माथि प्रगती गरेको तथ्यांक प्रस्तुत गरे । सो अवसरमा विभिन्न कर्मचारीलाई कार्यालयले पुरस्कृत समेत गरेको छ । सहायक वन अधिकृत सिद्धान्त वराल र हल्का सवारी चालक खिमबहादुर चौधरीले सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट पुरस्कार फरेष्टरद्वय विरजंग वली र तिलक चौधरी,सशस्त्र बन सुरक्षा तर्फ सुवेदार मोतिराम थारु, कम्प्युटर अपरेटर प्रतिभा तिमिल्सेना, बन रक्षकद्वय विनोद अधिकारी र नवराज अधिकारी र सान्त्वना तर्फ अधिकृत (लेखा) जागेश्वर उप्रेती र मेकानिकल अपरेटर सहायक प्रकाश बहादुर साउद सम्मानित भएका थिए । कार्यक्रमको सहजीकरण अधिकृत माधव तिमिल्सेनाले गरेका थिए ।