बाँके : बाँकेमा प्रहरीले २ नाल भरुवा बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको छ । बुधवार बिहान पौने २ बजे बाँकेको राप्ती सोनारी गाउँपालिका ४ खरघट्टी निवासी ५० बर्षीय रामबली चौधरी र सोही ठाउँका ६१ बर्षीय बिष्णु प्रसाद चौधरीलाई बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुले घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिप्रका बाँके र सि.प्र.चौकी सुईयाबाट गएको प्रहरी टोलिले घरमा चेकजाँच गर्ने क्रममा फेला पारेपछि बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एंव डिएसपी सुवास खड्काले जानकारी दिए । पक्राउ परेकाहरुबो बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।