दाङमा सामुहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २१ गते बुधवार

दाङ : दाङको देउखुरीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयाकी एक युवतीमाथि ४ जना युवाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा राप्ती गाउँपालिका ४ का २४ वर्षीय इसव जिसी, २० वर्षीय भुपाल थापालाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा संलग्न रहेका सोही ठाउँका २६ वर्षीय अर्जुन विक, २८ वर्षीय प्रकाश नेपाली फरार रहेको र उनीहरु दुवैको खोजी भैरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारु मगरले जानकारी दिए। प्रहरीले इसव जिसीलाई तुलसीपुरबाट फर्किदै गर्दा बाटोबाटै र भुपाल थापामगरलाई प्युठान स्थित मामा घरबाट पक्राउ गरेको जनाएको छ ।

पिडित युवती आफ्नो प्रेमीसँग गत साउन १६ गते दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सिमानाको जंगलमा घुम्न गएका बेला ४ जनाको समुहमा आएका ती युवाहरूले पिडित युवतीकी प्रेमीलाई कुटपिट गरि घाइते बनाएर बलात्कार गरेको पिडित युवतीले बताएकी छन् । साउन १८ गते पीडितको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको थियो । जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार