बाँके : वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोरोना आसंकामा सात जना प्रहरीको पिसिआर विधिबाट परिक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएको हो ।
कोरोना परिक्षण गरिएका सात जना मध्ये एक जनाको मात्रै कोरोना नभएको अर्थात नेगेटिभ रिपोट आएको प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिएका छन् ।वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयलाई सिल गरिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस