बाँकेमा शनिबारसम्म निशेधाज्ञा थप गर्ने निर्णय

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २० गते मङ्गलवार

बाँके : बाँके जिल्लामा आईतबारदेखी लागु गरिएको निशेधाज्ञाको अवधि बढाईएको छ । आज दिउसो बसेको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले आगामी शनिबारसम्मका लागि निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि आईतबारदेखी लागु गरिएको निशेधाज्ञाको अवधि आज राती १२ बजेबाट सकिदैं थियो । नयाँ निर्णय अनुसार आगामी शनिबार राती १२ बजेसम्म बाँके जिल्लाभर निशेधाज्ञा लागु हुने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार