राजश्‍व अनुसन्धानका बुटवलका प्रमुख घुस लिँदालिँदै पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २० गते मङ्गलवार

काठमाडौं : राजश्‍व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय राना घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ गरेका छन्।  बुटवल १३ बुद्ध चोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस बापत २ लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए।

रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्‍ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बुटवलकै नयाँगाउँस्थित कार्यालयमै घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार