संगठन निर्माणमा ध्यान दिन कार्यकर्ताहरुलाई कांग्रेस नेता गिरी आग्रह

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार

 

दाङ : नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संगठन निर्माणमा ध्यान दिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस तुलसीपुर उपमहनगरपालिका ७ ले सोमबार गणेशपुर पार्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गिरीले अहिले कांग्रेस सबै तहमा प्रतिपक्षको भुमिका रहेको र त्यसैले यो बेला सबै नेता कार्यकर्ताहरु संगठन निर्माणमा लाग्न आवश्यक रहेको बताए ।

उनले पार्टीको महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भएको हुदाँ समाजका सक्रिय तथा पार्टी प्रति वफादार व्यक्तिहरूलाई संगठनमा ल्याउन सुझाव दिए । काम गर्न सक्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका, सक्रिय युवा युवतीलाई अवमुल्यन नगर्न समेत आग्रह गर्दै त्यसका लागि आफुले कसैलाई काखा र पाखा नगर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यकर्ता भेटघाट कार्यक्रममा क्षेत्र नम्वर ३ का सभापति जगत बहादुर खडका, महासमिति सदस्य जोगेन्द्र विश्वकर्मा, महिला नेत्रृ देविका नेपाली, पुर्व क्षेत्रीय सभापति तथा तुलसीपुर वडा नम्वर ७ का अध्यक्ष टोप वहादुर केसी, बिमल गौतम, राम वहादुर जिसी, जगत थापा, सुर्य शर्मा, नोखि रावत लगायतकाले गुटको राजनिति अन्त्य गर्ने नेताहरूलाई आग्रह गर्दै आफ्नो मान्छे नभई राम्रो र सक्रिय मान्छेलाई सदस्यता दिने परिपाटीको विकास गर्ने नेताहरूलाई सुझाव दिएका थिए ।

नेपाली काग्रेस वडा नम्वर ७ का का.वा ईकाई सभापति हरि थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा साविक वडा नम्वर ३ का सभापति प्रेम बहादुर केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार