बंगलाचुली साकिनेका पहिरो पिडित परिवारलाई खाद्य सामग्री सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार


दाङ  : दाङको बंगलाचुली गाउँपालिका ५ साकिनेकामा घरमाथी बाट खसेको पहिरोले पुरीएर मृत्यु भएका मृतकका परिवारलाई घोराहीका विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।उनीहरुले ४० हजार बराबरको विभिन्न खाद्य सामग्रीहरु वडा नं. ५ का अध्यक्ष ऐनुराख खत्री मार्फत पिडित परिवालाई हस्तान्तरण गरेका हुन् । मृतकका ससुरा बेवुराम परियार र छोरी एलिसा परियारलाई आधा/आधा सामग्रीहरु दामासायीरुपमा हस्तान्तरण हस्तान्तरण गरीएको हो ।

उनीहरुले १३ बोरा चामल , २ बोरा दाल , ५ लिटर तेल,बेसार ,मसला ,जिरा, पुरनदाना ,चिउरा दालमोठ, कपडा धुने, नुहाउने, भाँडा माझ्ने सावुन गरी ४० हजार बराबरको सहयोग गरेका हुन् ।  पहिरो पिडित परिवारलाई नरेन्द्र पुन, नाम क्यानडाबाट एक ब्यक्तिले पठाएको १५ हजार बरावरको चामल ,गणेश श्रेष्ठ सस्तो किराना पसलका गणेश श्रेष्ठ, रमेन्द्र श्रेष्ठ , शिव एग्रोका शिवराज रेग्मी , बामदेव सुवेदी, दिपक वस्नेत, टि(मार्ट परिवार,मुकेश डिसि ,आदित्य भट्टराई र सुमन अधिकारीले एकमुष्ट सहयोग प्रदान गरेका हुन् ।

साउन ७ गते बुधबार राती परेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा पुरीएर एकाघरका आमा छोरीको मृत्यु भएको थियो । मृतक बाटुली परियारको ४ वर्षकी छोरी एलिसा परियार अहिले अविभावक विहिन भएकी छन् । उनी अहिले मामाको घरमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार