फाइल फोटो
दाङ : दाङमा अविरल बर्षाका कारण गोठ भत्किदाँ ३० वटा खसीबाख्रा मरेका छन् । तुलसीपुर ४ सिस्नेकुटी निवासी बल बहादुर खड्काको बाख्रा खोर सोमवार विहान करिब ४ बजे भत्किदाँ ३० वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । खोरमा रहेका ४१ वटा बाख्रा मध्ये ११ वटा जिवित रहेको र ३० वटा मरेको अवस्थामा भेटिएको कोईलाखानी टोल संस्थाका अध्यक्ष धनसिंह पुनले जानकारी दिए ।
ढुङगा र जस्ता पाताले छाएको खोर भत्किएर १० वटा खसी, ५ वटा बोका र १५ वटा बाख्रा गरी ३० वटा खसीबाख्रा मरेका हुन । लगातार बर्षा र जिर्ण खोर भएकाले भत्किएको हुन सक्ने अनुमान गरिएको अध्यक्ष पुनले बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस