काठमाडौं : विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. जोस भ्याण्डेलरले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपील गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन हटाई सकेपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ ।
संक्रमण कम गर्नका लागि एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ । तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिध भ्याण्डेलरले दुरी कायम गर्न अपील गरे ।
खोक्दा अथवा छुंदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गरेका हुन् । उनले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न आग्रह गरे । त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपील गरे ।