• २०७७ मङ्सिर ११ गते बिहिवार

लायन्स क्लब अफ दाङको भवन निर्माण हुदै

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार


तुलसीपुर :  तुलसीपुर उपमहानगरपालिका ६ को गाईडरमा लायन्स क्लब अफ दाङको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण हुने भएको छ । करिब २ बिगाह जग्गामा डेण्टल अस्पताल स्थापना गर्ने निर्णय यस अघिनै भएको र हाल अफिस कोठा र हल कोठा निर्माण गरेर काम सुरु गर्न लागेको लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

बुधबार स्थलगत निरिक्षणमा पुगेका प्रतिनिधि सभाका सदस्य सासद हिरा चन्द्र केसीले आफुले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।लायन्स क्लब अफ दाङका पूर्व अध्यक्ष समेत रहेका सांसद केसीले पश्चिम दाङको विकासमा क्लबको अस्पतालले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

लायन्स क्लबका निबर्तमान अध्यक्ष एंव एरिया नम्बर ५ का कोषाध्यक्ष यज्ञबहादुर केसी भवन निर्माण समितिको सयोजक रहेका छन् ।
क्लबको नाममा करिब दुई बिगाह क्षेत्रफल रहेको जग्गामा मास्टर प्लान्ट सहित अन्य आबश्यक भबनहरु थपिदै जाने संयोजक केसीले जानकारी दिए । शुक्रबार एक कार्यक्रमका बिच भबन निर्माणको काम सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार