• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङमा सर्पको टोकाइबाट एकजना बिरामी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार

दाङ :  दाङमा सर्पको टोकाइबाट एकजना बिरामी परेका छन् । बुधबार बिहान ९ बजेतिर शान्तिनगर गाउँपालिका ६, गिधनिया निवासी ६८ बर्षीय लब्ली चौधरीलाई बाटोमा हिड्ने क्रममा डुम सर्पले दाहिने खुट्टाको पैतलामा टोक्दा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी अंरिगंलको टोकाइबाट एक बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने बिर बहादुर नेपालीका ११ बर्षीय छोरा लक्ष्मण नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरले बताएको छ ।
उनलाई बाटोमा हिड्ने क्रममा बुधबार विहान साढे १० बजेतिर टाउको र शरीरमा अरिंगालले टोकेको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।साथै उनको अवस्था मध्यम रहेको अस्पतालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार