रोटरी क्लब अफ तुलसीपुर सिटीले २ वटा मन्दिरहरुमा प्रतिक्षालय निर्माण गर्दै

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार

तुलसीपुर  : रोटरी क्लब अफ तुलसीपुर सिटीले तुलसीपुरका २ वटा मन्दिरहरुमा प्रतिक्षालय निर्माण गर्ने भएको छ । प्रसिद्ध धार्मिक स्थलहरु त्रिसिद्धेश्वरी मन्दिर र दुधेनाको कृष्ण मन्दिरमा तिर्थालु भक्तजनहरुका लागि सुबिधायुक्त प्रतिक्षालय निर्माणको काम सुरु भएको अध्यक्ष सुरेश हमालले बताए ।

त्रिसिद्देश्वरि मन्दिर प्रागंनमा निर्माणहुन लागेको प्रतिक्षालय रोटरी क्लब अफ तुलसीपुरका सस्थापक अध्यक्ष स्व.राजकुमार श्रेष्ठको सम्झनामा निर्माणको कामको सुरुवात गरेको श्रेष्ठकि धर्मपत्नि निर्मला श्रेष्ठले जानकारी दिईन् । स्व.श्रेष्ठको योगदान र सामाजिक सेवाको सम्झना गर्न समेत प्रतिक्षालय निर्माणमा आफुले चासो दिएको उनले बताए । करिब तीन लाखको स्टिमेट गरिएको प्रतिक्षालयको बुधबार स्व.श्रेष्ठकी भाउजु मैना देवी श्रेष्ठले जग पुजा गरेर निर्माणको कामको शुभारम्भ गरेकी थिईन्।

भवन निर्माण समितिको सयोजकमा क्लबका पुर्ब अध्यक्ष कुशल तर्ताल रहेका छन्, भने क्लबका भाबि अध्यक्ष शिब श्रेष्ठले समन्वयकारि भुमिकामा रहेका थिए । तुलसीपुरको दुधेनामा रहेको कृष्ण मन्दिरमा रोटरि क्लब अफ तुलसीपुर सिटिका सदस्य क्षेत्र भण्डारिको सयोजकत्वमा रोटरि प्रतिक्षालय निर्माणको काम सुरु गरिएको छ ।
भण्डारिले आफ्ना स्वर्गगिय बुवा तेजबहादुर भण्डारिको सम्झनामा धार्मिक प्रतिक्षालय निर्माणको कामलाई अगाडि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार