• २०७७ मङ्सिर ११ गते बिहिवार

पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २८ गते बुधवार

पाल्पा,  पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज२८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा निस्दी गाउँपालिका–५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी–४, मित्याल काफलका तीन महिने बालक रहेका छन् ।त्यस्तै घाइते हुनेहरूमा निस्दी–५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु, ३७ वर्षीया तिलकुमारी सारु, निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ । जिप सडकदेखि करिब सात सय मिटर तल खसेको छ । दुर्घटनापछि चालक र सह–चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार