दाङमा पनि राष्ट्रिय परिचय पत्र वितरण शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १८ गते आइतवार


दाङ : दाङमा पनि राष्ट्रिय परिचय पत्र वितरण शुरु भएको छ । राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय, दाङबाट राष्ट्रिय परिचय पत्र वितरण शुरु भएको हो । जिल्लामा अहिले नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य सञ्चालन भइरहेको बताउँदै केहि दिन पछि इलाका प्रशासन मार्फत पनि काम शुरु हुने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

आइतवार जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र घोराही उपमहानगरपालिकामा उपप्रमुख सीता सिग्देल न्यौपानले बनाएकी छन् ।

ब्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचयपत्र उपयोग गर्न सकिन्छ । हाललाई नागरिकताको प्रमाणपत्र लिएर सोही आधारमा मात्र राष्ट्रिय परिचयपत्र प्राप्तगर्ने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार