बाँकेमा सेनाका चिकित्सकलाई पनि कोरोना

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १८ गते आइतवार

बाँके :  नेपालगन्ज उपमहानगरपालिका २०, इमामनगरस्थित नेपाली सेनाको अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना भाइरस पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा नेपाली सेनाको अस्पतालमा कार्यरत चिकित्सकसहित अन्य तीन जनामा पनि कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा नेपाली सेनाका चिकित्सकसहित चार जना रहेका जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

सेनाको अस्पतालमा कार्यरत नेपालगन्ज उपमहानगर २० का ३४ वर्षीय चिकित्सक र नेपाली सेनाको फिल्ड एरिया दाङमा कार्यरत ३५ वर्षीय पुरुषमा कोरोना भएको श्रेष्ठले बताए।  नेपाली सेनाको अस्पतालमा लिइएका स्वाब परीक्षण गर्दा नेपालगन्ज उपमहानगरपालिका २० का ३३ वर्षीय पुरुष र गुलरिया नगरपालिका ५ बर्दियाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। ती दुवै पनि नेपाली सेना हुन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार