पार्टीको विधान मान्ने र पार्टीलाई समय दिनेलाई क्रियाशिल सदस्यता दिनुपर्छ : नेता गिरी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १८ गते आइतवार

दाङ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व सिंचाई मन्त्री दिपक गिरीले पार्टीको विधानलाई मान्ने, पार्टीलाई समय दिने कार्यकर्ताहरुलाई कांग्रेसको क्रियाशिल सदस्यता दिनु पर्ने बताए । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क) ले तुलसीपुरमा आयोजनामा आइतवार नेपाली काग्रेसका त्यागी नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता गिरीले कांग्रेसको झण्डा, विधान र मुलुकको समृद्धी चाहेन कार्यकर्ताहरुले सदस्यता पाउनु पर्ने उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेको गिरीले हिजोका दिनमा सक्रिय सदस्यता वितरणमा आफ्नो कुनै पनि टिका टिप्पणी नरहेको भन्दै अब दिने बेला सक्रियताको आधारमा कांग्रेसको विधान मान्नेलाई दिनु पर्ने उनले बताए । क्षेत्र नम्बर ३ (क)का सभापति घनश्याम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्न अन्य नेताहरुले क्रियाशिल सदस्यता दिने बेला नेतृत्व तहले ध्यान दिनु पर्ने बताएका थिए । उनीहरुले जिल्लामा ९/१० हजार क्रियाशिल सदस्यहरु भएता पनि कुनै पनि कार्यक्रममा वा आन्दोलन गर्दा एक सय जना जति पनि अनाउने भएकाले त्यसतर्फ ध्यान दिनु पर्ने बताएका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य बुुुद्धिराम भण्डारी, नेपाली कांग्रेस दाङका नेता केशव आचार्य , क्षेत्र नं. ३ का क्षेत्रिय सभापति जगत खड्का , महासमिति सदस्य देविका नेपाली , जोगेन्द्र विश्वकर्मा , नेविसंघ नेता अध्यक्ष युवराज खड्का , तरुण दलको जिल्ला उपाध्यक्ष मुक्ति न्यौपाने ,जनजाति महासंघका गणेश चौधरी लगाएतका बोलेका थिए । क्षेत्र नम्बर ३ का उपसभापति प्रमोद बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिव चुर्ण बहादुर चौधरीले गरेका थिए । त्यसैगरी क्षेत्र नम्बर ३ (क)ले कांग्रेसका ५५ जना कार्यकर्ताहरुलाई सम्मान गरेकोे छ ।

पार्टीमा लागेर आफ्नो जिवन आभुति गरेका पुराना त्यागी र कांग्रेस पार्टीको संगठन निर्माणको लागि काम गरेको नेता कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ६० वर्ष देखि ९० वर्ष उमेर समुहका रहेका छन् । सम्मानित हुनेमा यम प्रसाद पाण्डे,निमकान्त ढकाल,ऋषिराज रेग्मी,बासुदेव शर्मा ,बासुदेव गिरी , नोखि रावत, जोख बहादुर बाठा , रामशरण चौधरी नारायण नेपाली, हरीदत्त कार्की ,कासी राम दमाई, राम बहादुर चौधरी ,प्रताप डाँगी, मान बहादुर चौधरी लगाएतको गरी ५५ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको सभापति ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार