घोराही : नेपाल मेडिकल एसोशिएसन दाङको अध्यक्षमा वाल रोग विशेष डा. कुबेर कुमार रेग्मी निर्वाचित भएका छन् । चौथो महाधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोशिएसनको बरिष्ठ उपाध्यक्ष डा.किशोर खत्री, उपाध्यक्ष डा.माधब गोहित, महासचिव डा. बिपि भुसाल, सह सचिब डा.बिक्रम बुढाथोकी, कोषाध्यक्ष डा.रमेश बस्नेत र सह कोषाध्यक्षमा डा.अनुपमा शर्मा रहेका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा डा.मुक्तिनाथ रौनियार, डा. एन्जिलीका कार्की, डा. सबलकृष्ण गैरे, डा.बम बि, डा.पुष्प भुसाल र डा.सन्दीप खड्का रहेका छन् । एसोशिएसनको सल्लाहकारमा डा.हिमकर ज्ञवाली, डा.पदम अधिकारी, डा.प्रताप पोख्रेल, डा.सर्बेश शर्मा र डा.अनिल यादव रहेका छन् ।