नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाध्यो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १७ गते शनिवार

काठमाडौं, १७ साउन  : नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय १५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । जसमा अहिलेसम्म आजसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

शनिबार मात्रै विभिन्न अस्पतालबाट ९३ जना जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभरीका क्वारेन्टीनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार