बकर ईद पर्वले समाजमा धार्मिक सहिष्णुता र सद्भाव बढाउँदै आएको छ : देउवा

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १७ गते शनिवार


काठमाडौं, १७ साउन :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बकर ईदको पवित्र पर्व नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भाव बढाउँदै आएको बताएका छन् । बकर ईदको अवसरमा शुभकामना दिंदै देउवाले लोकतन्त्रको स्थापना र पुनस्थापनाका लागी विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्र्मावलम्बी दिदीबहिनी र दाजुभाईहरुको महत्वपूर्ण योग्दान रहदै आएको समेत बताएका छन् ।

उनले लोकतन्त्रको रक्षार्थ मुस्लीम समुदाय अझ बढि जिम्मेवार रहनमा आफुले विश्वास लिएको समेत बताएका छन् । त्यसैगरी उनले बकर ईदले सम्पूर्ण जातजाति र धर्मावलम्बीहरुमा एकताको सन्देश दिन सफल हुनेमा आफुले विश्वास लिएको भन्दै शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार