तुलसीपुर : तुलसीपुर उपमहानगरापालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख बढि स्रोत नखुलेको रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ । बा२झ ४०९९ नम्बरको सकारी गाडीमा सवार उपाध्यायले स्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले शुक्रवार बेलुका काठमाण्डौको चन्दागिरी नगरपालिका २ नाकढुङ्गाबाट नियन्त्रणमा लिएको हो ।
उपाध्यायको साथबाट नगद १ लाख २४ हजार ७५० नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिट १३ लाख २४ हजार ४६ रुपैयाको रसिद गरी १४ लाख ४८ हजार ७९६ बराबरको रकम सहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । साथै घुस प्रकरणमा अन्यको पनि सम्लग्न रहेको हुन सक्ने आशंका गरीएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियरले जनाएको छ ।