नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २७ गते मङ्गलवार

 

काठमाडौं, २७ साउन । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै आज १ सय ३४ जनामा जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौं जिल्लामा १ सय १० जना, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै देशभरी १ सय ८३ जना चिकित्सकहरु संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ८ जना, प्रदेश नम्बर २ मा ७८ जना, बागमती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना चिकित्सकमा कोरोना संक्रमण देखिएको उनले बताए ।

यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २७ जना चिकित्सक संक्रमित रहेका छन । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार