• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा सर्प र अरिङ्गालले टोक्दा २ जना घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २७ गते मङ्गलवार


तुलसीपुर : तुलसीपुर सर्पले टोक्दा एक जना घाईते भएका छन् । मंगलवार दिउँसो साढे १ बजेतर तुलसीपुर १३ दमारगाउँका ४८ बर्षीय तोयाराम खत्रीलाई घर नजिकै घासँ काट्ने क्रममा कालडबिन नामक सर्पले टोकेको थियो । उनलाई दाहिने खुट्टाको पैतलामा टोकेको थियो । खत्रीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तुलसीपुरमा अरिङ्गालको टोकाईबाट एक ब्यक्ति घाईते भएका छन । तुलसीपुर ६ हात्तिखौवाका ४८ बर्षीय डिल्ली बहादुर डाँगीलाई मंगलवार मध्यान्न साढे १२ बजेतिर घर अगाडी कालो अरिङ्गालले टोकेको थियो । अरिङ्गालले डाँगीलाई टाउँको, शरिरमा टोकी घाईते बनाएको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार