• २०७७ फाल्गुन २३ गते आइतवार

२९ जना नेपाली सेनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २७ गते मङ्गलवार


तुलसीपुर : दाङमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरीएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनिका २९ जना नेपाली सेनाका जवानमा कोरोना संक्रमणको पुष्टि भएको हो । साउन १८ गते संक्रमण देखिएका जवानको सम्पर्कमा आएका ब्यक्तीको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखीएको १९ नम्बर बाहिनिका फोकल पर्सन बिकास आचार्यले जानकारी दिए ।

प्युठानमा कार्यरत १ जवान साउन १४ तालीमको लागि नेपालगन्ज जाँदै गरेको समयमा स्वास्थ समस्या देखिए पछि साउन १६ गते स्वाब संकलन गरि परिक्षन गर्दा संक्रमण देखिएको थियो । ती जवानमा संक्रमण देखिए पछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको हो । ३१ जना मध्ये २ जनाको नेगेटिभ आएको र २९ जना जवान बाहिनी भित्र क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार