• २०७७ कार्तिक १२ गते बुधवार

दाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २७ गते मङ्गलवार

दाङ :  दाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मंगलवार विहान साढे ३ बजेतिर घोराही उपमहानरपालिका १० निवासी करिब १८ बर्षिय विमल डाँगीको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

घोराही १० को चलौरा चोकदेखि धबघाट तर्फ जादै गरेको रा ५ प २५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुदाँ डाँगी घाईते भएका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार