नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार नाघ्यो

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २६ गते सोमवार

काठमाडौं, २६ साउन :  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार ३ सय १० पुगेको छ । सोमबार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४४ जना रहेका छन ।

यसैगरी नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म कूल संक्रमितमध्ये १६ हजार ४ सय ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन । त्यसैगरी अहीलेसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको नमूना परीक्षण भएको छ । हाल देशैभरी गरेर १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार