नेपाली कांग्रेस पार्टीको यातायात विभागको केन्द्रीय सदस्यमा हमाल मनोनीत

अनलाइन राप्ती | 8:59 AM

दाङ :  नेपाली कांग्रेस पार्टीको यातायात व्यवसायी समन्वय विभागको केन्द्रीय सदस्यमा दाङका युबा ब्यबसायी यातायात क्षेत्रका बिज्ञ सुरेश हमाल मनोनीत भएका छन् । आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवाले हमाललाई यातायात क्षेत्रको समन्वयका लागि केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । हमाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सल्लाहकार एवं त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका दाङका युवा नेता राजु खनाल केन्द्रिय संगठन विभागको सदस्यमा मनोनीत भएका छन् । खनाललाई पनि सभापति देउवाले आइतबार विभागको सदस्यमा मनोनीत गरेका हुन् । युवा नेता खनाल संविधान सभा सदस्य पनि हुन् । कांग्रेस नेता गोपालमान श्रेष्ठ संयोजक रहेको केन्द्रिय संगठन विभाग यसअघि नै विस्तार भएको थियो ।

आइतबार दाङबाट खनालसहित पुनः केही सदस्य थप गरिएको छ । त्यसैगरी नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का तरुण विभागको सदस्यमा मनोनीत भएका छन् ।खड्कालाई पनि सभापति देउवाले विभागको सदस्यमा मनोनीत गरेका हुन् ।युवा नेता खड्का नेपाली कांग्रेसका नेता स्व। खुमबहादुर खड्काका छोरा हुन् ।कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी संयोजक रहेको तरुण विभाग यसअघि नै विस्तार भएको थियो । आइतबार पुनः केही सदस्य थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्