• २०७७ फाल्गुन १२ गते बुधवार

लामो दूरीको यातायात र उडान भदौ १ बाट नखुल्ने

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २६ गते सोमवार

काठमाडौं :  लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि सरकार तत्काल लामो दूरीका सवारी साधन र हवाई सेवा सञ्चालन नगर्ने अवस्थामा पुगेको छ । कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि ती सेवा स्थगित गर्ने प्रस्ताव गरेको हो ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको हो ।

बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ । यसबारे औपचारिक निर्णय भने सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने बताइएको छ । बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार