• २०७७ मङ्सिर ११ गते बिहिवार

रेडक्रसद्धारा स्वास्थ्य सामाग्री प्रदान

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २५ गते आइतवार


देउखुरी दाङ : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले राप्ती गाउँपालिका लाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोभिड १९ को जोखीम बाट नागरिकलाई सुरक्षित राख्न सहयोग पुगोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटीद्धारा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको राप्ती गाउँपालिका विपद् फोकल पर्सन सुवास भट्टाईले जानकारी दिए ।

विभिन्न पालिकाहरुमा जस्तै यस गाउँपालिकाको कोरना भाईरसको संक्रमण न्युनिकरण अभियानलाई तिब्रताका साथ अघि बढाउने अभियानमा सहयोग पुराउने उदेश्यका साथ स्वास्थ्य सामाग्री प्रदान गरेको सभापति नारायण आचार्यले जानकारी दिए ।

कोभिड १९ को जोखीम बाट नागरिकलाई सुरक्षित राख्न सन्देश मुलक फेलेक्स ब्यानर, डस्टविन, ट्वाईलेट ब्रुस, हर्पीक, फिनाईल, ओडोनिल, हाईड्रोक्लोराईड, सेनिटाईजर, सर्जिकल मास्क,सर्जिकल ग्लोब्स, मेडिकल झुल, मस्कीटो लीक्युड र महिनावारी स्वच्छता सामाग्री बक्स लगायतका सामाग्री गाउँपालिकालाई प्राप्त भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताए ।

स्वास्थ्य सामाग्री बुझ्द गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङलाई धन्यवाद प्रदान गरेका थिए । रेडक्रस जिल्ला शाखा दाङ तथा स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य को सहयोगमा स्वास्थ्य सामाग्री उपलब्ध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार