काठमाडौं : कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका पोखरा १९ का ६२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो।
कोभिड १९ तथा डाइबेटिज मेलिसस भई साउन १७ गते भर्ना भएका उनको गएराति ११ : ३५ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमान्चल क्षेत्रीय अस्पतालका निर्देशक डा : अर्जुन आचार्यले जानकारी दिएका छन्। यसअघि प्रतिष्ठानमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको जनाइएको छ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस