• २०७७ फाल्गुन १५ गते शनिवार

गएराती १२ बजेदेखि नेपालगन्जको मुख्य शहरी क्षेत्र सिल

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २५ गते आइतवार

बाँके  :  बाँकेमा कोरोेनाको संक्रमण तिब्र रुपमा फैलदै गएपछि गएराती १२ बजेदेखि नेपालगन्जको मुख्य शहरी क्षेत्र सिल गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेना लगायत ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । नेपालगन्जको पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी, बाँके गाँउदेखि रिङरोड हुँदै आर्मी ब्यारेक सम्मको क्षेत्रमा सिल गरिएको हो ।

जिल्लामा ३ दिनको अबधिमा ९७ जनामा कोरोना संक्रमण देखिए पछि शहरी क्षेत्र सिल गरिएको हो । समुदायस्तर मै तिब्र गतिमा कोरोनाको सक्रमण फैलिएपछि साउन १८ गतेदेखि लगाइएको निषेधाज्ञालाई थप तिन दिन बढाएर २७ गतेसम्म पुराइएको बाँके प्रशासनले जनाएको छ ।

नेपालगन्ज उप महानगरपालिकाका, आन्तरिक राजस्व, अदालत, कारागार, वडा प्रहरी, कोहलपुर मेडिकल कलेज , नेपाली सेनाको कौशिल्या नगर ब्यारेक लगायत नेपालगन्ज उप महानगरपालिकाको प्राय सबै शहरी क्षेत्रमा कोरोनाको संक्रमण देखिए पछि शहरी क्षेत्र सिल गरिएको हो ।

त्यसैगरी शनिबार थप २० जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा यो संख्यामा कोरोना पोजेटिभ भेटिएको हो। तीमध्ये १६ जना नेपालगन्ज र ४ जना कोहलपुरका रहेका भेरी अस्पतालले जनाएको छ। कोहलपुर नगरपालिका ११ का ३ र वडा नं.५ का १ जना रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार