• २०७७ फाल्गुन १२ गते बुधवार

आजदेखि शित्रिद्धेश्वरी मन्दिर तुलसीपुरमा धार्मिक अनुष्ठानका कार्यक्रमहरु बन्द

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २५ गते आइतवार

तुलसीपुर,  शित्रिद्धेश्वरी मन्दिर तुलसीपुरमा साउन २५ गतेदेखि धार्मिक अनुष्ठानका कार्यक्रमहरु हाललाई रोकिएका छन् । कोरोना भाईरस संक्रमण रोकथाम र ब्यबस्थापनका लागि नेपाल सरकारले सार्वजनिक स्थल,धार्मिक स्थलहरु सञ्चालन नगर्न नगराउन गरेको निर्देशनलाई पालना गर्दै आईतबारदेखि पुन : बन्द गर्ने निर्णय गरिएको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धितालले जानकारी दिए। यसबाट सबैभन्दा साउनको सोमबार व्रत बस्ने र मन्दीरमा पुजा गर्नेलाई मर्कामा पर्ने देखिएको छ । कोभिड–१९ रोकथाम र ब्यबस्थापन भई पूर्वबत अबस्थामा आए पुन : नियमित रुपमा धार्मिक अनुष्ठानका कार्यक्रम जारी रहने समितिका सहसचिब निर्मल नेपालीले जानकारी दिए। यसअघि गत चैत ११ गते सरकारले लकडाउन गरेदेखि बन्द रहेको त्रिशिदेश्वरी मन्दीर जिल्लामा लकडाउन खुकुलो भएदेखि सामाजिक दुरीलाई कायम र मास्क लगाई पुजा पाठ गर्ने ब्यबस्था मिलाएको थियो । अव भने धार्मिक कार्य पूर्ण रुपमा रोकिने मन्दीर ब्यबस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार