• २०७७ फाल्गुन १५ गते शनिवार

प्रदेश ५ की सांसद केसीलाई कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २५ गते आइतवार

बाँके : प्रदेश ५ की सांसद कृष्णा केसी (नमुना) लाई कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्यावमा भएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो।  उनले आफ्नो फेसबुक वालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पारेकी छन्।

‘विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पनि अछुतो रहन सकिनँ। पिसिआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले मसँग एक हप्तायता नजिकमा रहनुभएका सबैले सेल्फ आइसुलेट तथा पिसिआर जाँच गराउन आग्रह गर्दछु,’ उनले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार