लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २४ गते शनिवार

तुलसीपुर :  ईलाका प्रहरी कार्यालय तुलसीपुरले लागु औषध ब्राउन सुगर सहित १ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानरपालिका वडा नं. ६ बाट ७१० मिलीग्राम ब्राउन सुगर सहित सोही ठाउँका २३ बर्षीय विराज विकलाई पक्राउ गरिएको ईप्रका तुलसीपुरले प्रवक्ता एंव प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

शनिवार अप्राहन्न करिब ४ बजेतिर लागु औषध ब्राउन सुगर विक्री वितरण गरिहेको भन्ने सुचनाको आधारमा ईप्रका तुलसीपुरबाट गएको प्रहरी टोलिले विकको शरिरमा खोजतलास गर्दा लुकाएर राखेको अवस्थामा उक्त लागु औषध भेटिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार