• २०७७ कार्तिक ६ गते बिहिवार

त्रिशिदेश्वरी स्पोर्ट्स क्लबद्धारा ग्रीन बेल्टको सरसफाई

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २४ गते शनिवार

लक्ष्मण बस्नेत
तुलसीपुर, २४ साउन : त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर ५ ले शनिवार तुलसीपुर बजार क लाईन सडकको ग्रीन बेल्ट सरसफाई गरेको छ ।बिगत लामो समय देखि खेल क्षेत्रमा आफ्ना गतिबिधी संचालन गर्दै आएको क्लबले सामाजिक कार्यमा हात बढाउन तुलसीपुर बाहिनी चोक देखि बिपि चोक सम्मको ग्रीन बेल्ट सरसफाई गरेको हो । कोरोना भाइरस (कोभिड १९ ) का कारण खेल क्षेत्र बढी प्रभावित भई आफ्ना गतिबिधी ठप्प बनेका बेला क्लबका पधाधिकारी तथा खेलाडी गरि झण्डै ३५ जना को सक्रिय सहभागितामा ग्रीनबेल्टको सरसफाई गरिएको क्लबका अध्यक्ष कमल डाँगी ले जानकारी दिए ।

बजार क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउने उदेश्यका उपमहानगरपालिकाले तुलसीपुर उद्योग बाणिज्य संघको सहकार्य जारी राखेको ग्रीन क्लिन अभियान लाई थप सार्थक र परिणाममुखी बनाउन क्लबले आफ्ना खेलकुदका गतिबिधीसंगै चरणवद्ध सरसफाईका कार्य अगाडि बढाउने लक्ष्य लिएको अध्यक्ष डाँगी ले बताए । जसअनुसार बजार क्षेत्र का सडक,धार्मिक मठ मन्दिर,खेलमैदान को सरसफाई गर्ने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार