• २०७७ कार्तिक १२ गते बुधवार

मृगौला पिडितलाई आर्थिक तथा खाद्यान्न सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २४ गते शनिवार

तुलसीपुर : लियो क्लब अफ दाङ तुलसीपुरले रुकुम घरभई हाल तुलसीपुर ५ बस्ने मृगौला पिडित डिला कामीलाई खाद्यान्न सहयोग गरेको छ । कामीका दुबै मृगौलाले काम नगर्ने र आर्थिक अवस्था कम्जोर परिवारको संख्या धेरै भएकाले उपचार र खानाको लागी समस्या भएको बेला लाइन्स कल्ब अफ दाङका निर्वतमान अध्यक्ष यज्ञ बहादुर केसीको पहलमा लियो क्लबले खाद्यान्न तथा लाइन्स कल्व र त्रिशिद्धेश्वरी लायन्स कल्व अफ दाङको तर्फबाट नगद ५ हजार आर्थिक सहयोग गरिएको हो ।

सहयोग कार्यक्रममा बोल्दै लाइन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमालले आर्थिक अवस्था कम्जोर भएका यस्ता जटिल किसीमका विरामीहरुलाई राज्यले नै निशुल्क उपचार गर्न ब्यवस्था मिलाउनु पर्ने बताए । त्यसैगरी उनले मृगौला पिडित कामीलाई अहिले दिएको खाद्यान्न वा आर्थिकले नपुग्ने भन्दै आगामी दिनहरुमा अन्य संघसंस्थाहरुसंग समन्वय गरी सहयोग गर्ने बताए ।

त्यसैगरी उनले कामीको उपचार गर्नको लागी दाङबाट जिल्ला बाहिर लैजानु परेमा आउदाँ जादाँ निशुल्क लैजाने ब्यवस्था मिलाई दिने समेत बताए । त्यसैगरी कार्यक्रममा निर्वतमान अध्यक्ष यज्ञ बहादुर केसीले मृलौगा पिडित कामीको शुरुमा काठमाडौँमा डाइलासिस हुदै आएको भएता पनि त्यहाँ आर्थिक अभावका कारण दाङमा ल्याएर गर्ने ब्यवस्था मिलाएको बताए ।

त्यसैगरी उनले कामीको उपचार लगाएत छोराछोरीहरुको लागी सहयोग गर्ने समेत बताए । कामीका २ छोरा ३ छोरी र श्रीमान छन् । लियो क्लव दाङ तुलसीपुरका अध्यक्ष सन्तोष केसीको अध्यक्षता भएको कार्यक्रममा लियो कल्व दाङ तुलसीपुरका संस्थापक अध्यक्ष धुर्वराज न्यौपाने त्रिशिद्धेश्वरी लायन्स कल्व अफ दाङकि अध्यक्ष यमुना शाह चलचित्र पत्रकार संघका अध्यक्ष शिव पुन लगाएतले बोलेका थिए ।

लियो क्लबका प्रथम उपाध्यक्ष राजेन्द्र महतरा को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सहसचिव प्रकाश न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार