• २०७७ फाल्गुन १८ गते मङ्गलवार

शुक्रवार बाँकेमा १७२ सवारी साधन र २४ जना ब्यक्तिलाई कारबाही

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २४ गते शनिवार


बाँके :  बाँकेमा प्रहरीले लकडाउन उलङ्घन गर्ने सवारी साधन र मानिसहरुलाई कारवाही तथा जरीवाना गरेको छ । शुक्रवार बाँकेका विभिन्न स्थानबाट प्रहरीले लकडाउन उलघङन गर्ने १७२ सवारी र मास्न नलगाई हिड्ने २४ जनालाई जनही एक सयका दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको निर्णय बमोजिम लकडाउन उलघङन गर्ने १७२ सवारी साधनलाई नियन्त्रणमा लिई प्रति सवारी एक सयका दरले १७ हजार २ सय र मास्क प्रयोग नगरी हिड्ने २४ जना पुरुषलाई जनही एक सयको दरले २४०० गरी जम्मा १९ हजार ६ सय जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार