• २०७७ फाल्गुन १९ गते बुधवार

बजेट फ्रिज भए साझा छलफलको औचित्य हुँदैन्ः पोख्रेल

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २२ गते बिहिवार

घोराही, २२ साउन :  प्रदेश  ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विकास बजेट फ्रिज भएमा साझा छलफलको कुनै औचित्य नभएको बताएका छन् । प्रदेश सरकारले बजेट विनियोजन गर्ने हो, तपाईहरू मिलेर त्यसको कार्यान्वयन गर्नुस्’ जिल्ला समन्वय समिति दाङले आयोजना गरेको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै भने ‘बजेट फ्रिज भयो भने तपाईहरूको साझा छलफलको कुनै औचित्य हुँदैन् रु’ एकीकृत सोंच बनाएर कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

‘राज्यले लगानी गर्ने र लगानी अनुसारको काम नहुने, त्यो कुरामा चाहिँ नागरिकले खबरदारी नगर्ने’ सभामा मुख्यमन्त्री पोख्रेलले भने ‘राजनीतिक संरक्षण गर्ने अनि त्यसपछि एकआपसमा जुहारी खेल्ने प्रवृत्ति त्यागौं भने हाम्रा कामहरू समयमै सम्पन्न हुन्छन्, दिगो हुन्छन् ।’ धेरैजसो पूर्वाग्राही र राजनीतिक प्रतिशोधका कारण विकास निर्माणका कामहरूले गतिशीलता लिन नसकेको बताए । ‘यहाँ राजनीतिक प्रतिशोधका कारण जिल्लाको विकासमा केही बाधा अड्चनहरू आएका छन्’ उनले भने ।

विकास निर्माणका कामहरूमा नागरिकहरू सचेत हुनुपर्ने उनको भनाई थियो । स्थानीय सरकारले गरेका कामहरूको नतिजा देखिन थालेको बताए । ‘स्थानीय सरकारले के–के गरे भन्ने कामका नतिजाहरू देखिन थालेको छ’ उनले भने ‘अझै सुधार गर्नुपर्ने देखिन्छ ।’ दाङका सबै खोलाहरूमा पुल निर्माण हुने जानकारी गराएका थिए । दाङबासीले देखेका ठूला विकासका सपनाहरू पूरा हुन लागेको उनको दाबी छ ।

आगामी वर्षभित्र कोइलावास जोड्ने सडक निर्माणको काम सम्पन्न हुने उनले वताए । त्यसैगरी दाङ–प्यूठान जोडने सडक, सहिद मार्ग, पश्चिम दाङका सडकखण्ड र दामोदर मार्गका सपना लगभग पूरा हुन लागेको उनले जानकारी गराएका थिए ।यो समाचार प्रदेश टुडे पत्रिकामा सपना बोहराले लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार