• २०७७ कार्तिक ७ गते शुक्रवार

तुलसीपुरमा समुदाय र क्वारेन्टाइनमा बसेका गरी ३०५ जनाको स्वाब संकलन

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २१ गते बुधवार


तुलसीपुर : तुलसीपुरका बिभिन्न समुदाय स्तरमा कोरोना भाइरस संक्रमण भए नभएको परिक्षण गरिएको छ । १९ वटा वडा भित्रका बिभिन्न टोलबासी, चिकित्सक, स्वास्थ्यकर्मी होटल ब्यबसायि,यातायात मजदुर र सञ्चारकर्मीको बुधबार पिसिआर परिक्षणको लागी स्बाव संकलन गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा नमूनाका रुपमा समुदाय स्तरमा कोरोना परिक्षण थलिएको हो । बढी कोरोनाको जोखिम देखिएको स्थानीय तह छनौट गरेर परिक्षण थालिएको थियो ।

माध्यामिक बिद्यालय सेन्टर तुलसीपुर क्वारेन्टाइनमा बसेका ४८ जना र बिभिन्न टोलबस्ती र पेशामा आबद्ध १७३ जना, तुलसीपुर १३ फुलवारीबाट ४५ जना र राप्ती लाईफ क्वारेन्टानबाट ३९ जना गरि ३०५ जनाको स्वाब संकलन भएको उपमहानगरका फोकल पर्सन विमल केसीले बताए । पिसिआर परिक्षणका लागि निकालिएको स्वावलाई नेपालगञ्ज भेरी अस्पतालमा बिहीबार पठाईने स्वास्थ्यकर्मी लेखनाथ न्यौपानेले जानकारी दिए । ३/४ दिन पछि नतिजा आउन सक्ने उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलका अनुसार तुलसीपुर,घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा र राप्ती गाउँपालिकालाई छनौट गरेर नमूनाका रुपमा स्वाब संकलन गरिएको हो । आइतबार सम्म ४ पालिकामा १ सय ९४ वटा स्वाबको नमूना संकलन गरिएको छ । समुदाय स्तरमा संकलन गरिएको स्वाबको परिक्षणमा घोराही उपमहानगरपालिकामा भने रिपोर्ट नेगेटिभ आएको छ । घोराही उपमहानगरपालिकामा जनपथ प्रहरी, शसस्त्र प्रहरी र बैंकहरुबाट ५१ वटा स्वाबको नमूना संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन चन्दले बताए ।

लमहीमा अत्यधिक भिडभाड हुन व्यापरिक स्थानबाट ३६ वटा नमूना संकलन गरिएको छ । राप्तीमा २२ जना स्वास्थ्य कर्मीको संकलन गरिएको थियो भने गढवामा ४० जनाको नमूना संकलन गरिएको छ । परिक्षणका लागि बुटवल स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । प्रदेश ५ सरकारले प्रदेशका ६ जिल्लामा समुदाय स्तरमा कोरोना परिक्षण गर्ने भनेको छ । दाङ सहित अर्घाखाँची, नवलपरासी, रुपन्देही, बर्दिया र कपिलवस्तुबाट १२ सयजनाको रेन्डम स्याम्पलिङ विधिबाट नमुना छनोट गर्ने प्रदेश सरकारले जनाएको छ ।

दाङमा अब २३ जना मात्र कोरोना संक्रमित निको हुन बाँकी रहेका छन् । जिल्लामा ६६७ जनामा संक्रमण पुष्टि भएकोमा अब प्रदेश सरकारले स्थापना गरेको बेलझुण्डी आइसोलेसन अस्पतालबाट ७ जना देउखुरी स्थित राप्ती आइसोलेसन सेन्टरबाट १६ जना कोरोना संक्रमित डिस्चार्ज हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन चन्दले जानकारी दिए । संक्रमित ६६७ जना मध्ये दुई जनाको मात्र मृत्यु भएको छ । ६४४ जना डिस्चार्ज भएका छन् । दाङमा पछिल्लो समय क्वारेन्टाइन खाली हुँदै जान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार