घोराहीमा कुलोमा डुवेर एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २१ गते बुधवार


घोराही : दाङमा कुलोमा डुवेर एक जनाको मृत्यु भएको छ । घोराही १२ जगल्टेका करिब ६५ बर्षीउ मान बहादुर खड्का कुलोमा डुवेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

मंगलवार बेलुकी ५ बजेतिर सामान किन्न भनि घरबाट निस्केका खड्का साँझ अवेर सम्म पनि घर नआएपछि उनको खोजी कार्य गरीएको थियो । खोजी गर्ने क्रममा सोहि वडाको डाबर (घर देखी) झन्डै ५ सय मिटर उत्तरपुर्व तर्फ कुलोमा डुवेको अवस्थामा बुधवार दिउँसो करिब ३ बजेतिर मृत फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार