• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २१ गते बुधवार

पर्सा  : पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमबार मृत्यु भएकी १८ वर्षे युवतीमा कोरोना भाइरस पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । पर्साको पोखरिया नगरपालिका ९ मा बस्दै आएकी उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ । पोखरिया ८ जगतपुर घर भएकी उनी पोखरिया ९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ, भने कोरोनाबाट २१ हजारभन्दा धेरै संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार