• २०७७ फाल्गुन १९ गते बुधवार

नेपालमा मंगलवार थप २५९ जनामा कोरोना पुष्टि, हाल सम्म ५८ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २० गते मङ्गलवार

काठमाडौं, २० साउन  : पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मंगलवार थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ। आजै ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ। यवैवीच आज मात्र काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार