• २०७७ फाल्गुन २४ गते सोमवार

बाँके राष्ट्रिय निकुञ्जका अधिकृत स्तरका दुई कर्मचारी घुससहित पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार

बाँके : बाँके राष्ट्रिय निकुञ्जका अधिकृत स्तरका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएका आयोगको टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई तीन लाख ४८ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

भट्टराई र रोकायका साथबाट बैंकमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए। पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल लगिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार