• २०७७ मङ्सिर ११ गते बिहिवार

सर्पको टोकाईबाट एक जना बृद्ध गम्भीर बिरामी

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार

 

सांकेतिक तस्बिर

दाङ  :  पश्चिम दाङमा सर्पको टोकाईबाट एकजना वृद्ध गम्भीर बिरामी भएका छन् । बबई गाउँपालिका १ जौंबारी निवासी ६५ बर्षीय टेक बहादुर पुनलाई सोमबार बिहान करिब ४ बजे सर्पले टोक्दा पुन गम्भिर विरामी भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

पुनलाई घरमै सुतिरहेको अवस्थामा दाहिने खुट्टामा सर्पले कोटेको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार