• २०७७ कार्तिक १३ गते बिहिवार

मोटरसाइकल र कारले ठक्कर दिदाँ २ जना घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार


तुलसीपुर : तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाईते भएका छन् । तुलसीपुर ५ बसपार्क स्थित रा ४ प ६७१८ नम्वरको मोटरसाईकलले ठक्कर दिदाँ पैदल यात्री रोल्पा गंगादेव गाउँपालिका ६ बस्ने ३७ बर्षीय जय बहादुर खड्का घाईते भएको प्रहरीले जनाएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

सोमवार विहान ११ बजेतिर ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई ईप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ । त्यसैगरी घोराहीमा कारको ठक्करबाट साइकलयात्री गम्भिर घाईते भएका छन् ।

सोमवार दिउँसो सवा २ बजेतिर घोराही १५ सर्रा चोक स्थित धर्नाबाट घोराही तर्फ आउँदै गरेको बा १६ च ७९३० नम्बरकोले साइकलयात्रीलाई ठक्कर दिदां घोराही ५ का ४४ बर्षीय रञ्जित खत्री गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । ठक्कर दिने कार र चालकलाई जिप्रका दाङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार