• २०७७ मङ्सिर ११ गते बिहिवार

नेपालमा सोमबार थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ साउन १९ गते सोमवार

काठमाडौं :  नेपालमा सोमबार थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप ४ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या २० हजार ७ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ५ हजार ७ सय ३२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा संक्रमण मुक्त हुनेको कुल संख्या १४ हजार ९ सय ६१ रहेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण हालसम्म ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार